कर्णालीका जिल्लामा भोकमरीभन्दा ‘भातमरी’ को समस्या बढी छ : मुख्यमन्त्री शाही

d'VodGqL zfxL–;Daf]wg s0ff{nL, @^ ebf} . ;+o'Qm /fi6« ;ª3Lo vfB tyf s[lif ;ªu7gsf] ;xof]udf s0ff{nL k|b]z ;/sf/åf/f cfOtaf/ jL/]Gb|gu/df cfof]lht …k|fªufl/s s[lif ;DjfbÚnfO{ ;Daf]wg ub}{ d'VodGqL hLjgaxfb'/ zfxL . tl:a/ M k|sfz clwsf/L, /f;;
लोकपाटी न्यूज

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । सुर्खेतमा आज आइतवार आयोजित प्राङ्गारिक कृषि संवाद लाई सम्बोधन गर्दै उहाँले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई हेला गर्ने गरिएकाले त्यस्तो प्रवृत्तिमा सुधार ल्याउन जरुरी भइसकेको बताएका छन् ।

मुख्यमन्त्री शाहीले साविक कर्णालीका जिल्लाहरूमा भोकमरीभन्दा ‘भातमरी’ को समस्या बढी रहेको उल्लेख गरे । ‘अर्ग्यानिक उत्पादनका दृष्टिले कर्णाली धनी छ तर यहाँका मानिसहरूमा रैथाने खाद्यान्न खानुलाई हेलाका दृृष्टिले हेर्ने गरिन्छ’, उनले भने, ‘जबसम्म हामी खाद्य व्यवहारमा परिर्वतन ल्याउन सक्दैनौँ, तबसम्म भोकमरीको मानसिकता रहिरहन्छ । सरकार, दातृ निकाय सबै मिलेर खाने व्यवहारमा परिर्वतन ल्याउन आवश्यक छ ।’ हुम्लामा फापर, जुम्लामा जौ, चिनो, दैलेखमा कोदो खानेलाई हेप्ने गरिएको दृष्टान्त दिँदै उनले खाद्य सुरक्षा र पोषणका दृष्टिले यी बाली महत्त्वपूर्ण रहेकाले ती कुरा नागरिकलाई बुझाउन सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

कर्णालीमा खाद्य सुरक्षा भएका जिल्ला रुकुम पश्चिम र सल्यानलाई पहिलो प्राथमिकतामा राखेर अर्ग्यानिक कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने निर्णय गरेअनुसार त्यसयता मन्त्रालयले त्यसका लागि आधारशीला निर्माण गर्दै अघि बढेको बताए। उनले मन्त्रालयले प्राङ्गारिक कृषि ऐन, प्राङ्गारिक उत्पादन प्रशोधन मापदण्ड, सहभागितामूलक गुणस्तर निर्धारण निर्देशिका, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका र प्राङ्गारिक कृषि योजनालगायतका ऐन कानुनहरु कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए ।

मन्त्री शाहीका अनुसार अर्ग्यानिक कार्यक्रमका लागि चालु आवमा प्रदेश र सङ्घीय सरकारको गरी कर्णालीमा एक अर्ब ९७ करोड रुपैयाँ बजेट खर्च हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्