तुलसीपुर। राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडक खण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका-३ स्थित सातलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ।
‘त्यस ठाउँमा विभिन्न तीन/चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ,’ उनले भने, ‘पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर बिग्रिएकाले अर्को डोजर लैजान काम भएको छ, केही समय लाग्ला।’
गए रातिदेखि नियमित परेको बर्सातले पहिरो गएको हो। पहिरो हटाउनका लागि कपुरकोटबाट पनि प्रहरी आएको छ।



लोकपाटी न्यूज