काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण, सुविधा सम्पन्न आधुनिक सहरी विकास र दिगो पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै उहाँले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने बताए ।
प्रधानमन्त्री देउवाले सभाहल सञ्चालनले बुटवलको आर्थिक विकास र सामाजिक गतिविधि बढाउन धेरै सहयोग पुग्ने बताए । सभाहलको बढीभन्दा बढी उपयोग गर्न सके राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन बढ्ने र त्यसले यहाँको दिगो विकास हुने पनि उहाँले बताए ।



लोकपाटी न्यूज
