निर्वाचनपछि पनि वर्तमान गठबन्धनकै सरकार बन्छ : भिष्मराज आङदेम्बे

pic aagdev
लोकपाटी न्यूज

पाँचथर। नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले प्रदेश र संघको निर्वाचनपछि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन्।

नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले सदरमुकाम फिदिममा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले गठबन्धनमा आवद्ध दलहरुबीच अहिले पनि सिटको भागबण्डाको विषयमा संवाद चलिरहेको र कांग्रेसले १ सय सिट लिने दावी गरे। त्यस्तै पाँचथरमा एउटा मात्रै संघीय निर्वाचन भएको हुँदा आफू संघीय निर्वाचनमै उम्मेदवारी दिने बताए।

पटक-पटक सरकार परिवर्तन र मन्त्रीहरु फेरिरहँदा सरकारको दिगो विकास र लक्ष्य अनुरुपको काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको उनको भनाई छ। स्थायी सरकार बनेर नागरिकको काम गर्नको निम्ति पनि अहिलेको गठबन्धनको सरकारलाई निरन्तरता दिनुको विकल्प नरहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्