एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, प्रतिवेदन पारित गर्ने तयारी

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे सुरु हुनेछ। केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो। आज समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले जवाफ दिने र त्यसपछि प्रतिवेदन पारित गर्ने तयारी रहेको छ।

एक नेताका अनुसार शनिबारको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ। शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि शनिबार नै निष्कर्ष सुनाइने छ।

शुक्रबारको बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए। यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्