आगामी निर्वाचनमा हाम्रो पार्टीको हैसियत देखाउँछौं : माधवकुमार नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन्।

बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने समेत बताएका हुन्। उनले स्थानीय निर्वाचनमा नौ लाख २७ हजार मत पाएको भन्दै यति धेरै मत पाएको पार्टीलाई कसैलाई अवमूल्यन नगर्न चेतावनी दिए।

‘हिजो मात्रै बालुवाटारमा छलफल हुँदै थियो। उनीहरुले हाम्रो मत साढे चार लाख मात्रै भन्दै थिए’, अध्यक्ष नेपालले भने, पोखराको हिसाव खोइ भनेर मैले भनेपछि कुरा त ठिकै हो है १ भन्दै थिए ।’

आउने चुनावमा समानुपातिक मतले पनि आफ्नो पार्टीले हैसियत देखाउन सक्ने भन्दै उनले मूकदर्शक भएर बस्ने आफ्नो पार्टी नभएको भन्दै ख्याल गर्न चेतावनी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्