महाभियोग सिफारिस समितिको बैठक बस्दै आज

maha-abhiyoug-sifaris-samiti meeting pic
लोकपाटी न्यूज

काठमाडौं। महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बुधबार दिउँसो २ बजे बस्ने लागेको हो।

मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारेअध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको हो। २०७८ को फागुन १ मा ९८ जना प्रतिनिधि सभा सांसदहरुले जबराबिरुद्ध महाअभियोग दर्ता गराएका थिए। उक्त प्रस्ताव २०७८ फागुन २९ मा प्रतिनिधि सभा बैठकमा पेश भएको थियो। प्रतिनिधि सभाले २०७९ श्रावण २२ मा जबराबिरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्