काठमाडौं। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। केही बेर अघिदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
सिट बाँडफाँडका लागि बनेको कार्यदलका सदस्यहरूसहित गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो। आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलका नेताहरू सिट बाँडफाँडबारे अहिले छलफल गरिरहेका छन्।
गठबन्धनमा सिटको भागबण्डा मिलाउन सोमबार पनि नेताहरूबीच छलफल भएको थियो। नेताहरूबीच ०७४ र ०७९ को निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भए पनि सिटको संख्याबारे भने सहमति हुन सकेको छैन।



लोकपाटी न्यूज

