बाजुरामा १० बन्दकर्ता पक्राउ

लोकपाटी न्यूज

राजेन्द्र बिक

बाजुरा। बाजुरामा १० बन्दकर्ताहरु पक्राउ परेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्थित नेता कार्यकर्ता गरी १० जना पक्राउ परेका हुन्।

बजारमा पसल र गाडी बन्दको आह्वान गर्दै हिँडेका ३ जना सदरमुकाम मार्तडीबाट र ७ जना कोल्टी बजारबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउँदै हिँडेका नेपाल कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भूपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली लगायत ३ जना सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन्।

अन्य ७ जना कोल्टी बजारबाट पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि बाजुरामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। बाजुरामा आज लामो दुरीका सवारी साधन छिट्पुट रुपमा चलेका छन् भने छोटो दुरीका सवारी साधन निर्वाधरुपमा चलिरहेका छन्। बन्दको प्रभाव सामान्य देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्