प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ। एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

नेकपा एमाललेले आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ। यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्