स्थानीय निर्वाचनमा भएको अन्तरघातबारे छानबिन समितिले बुझायो प्रतिवेदन

Mao_prachand
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले स्थानीय निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न बनाएको समितिले प्रतिवेदन बुझाएको छ। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा राईसहित खिमलाल देवकोटा र मुक्ति प्रधान रहेका थिए।

स्थानीय निर्वाचनमा माओवादी केन्द्र भित्रैबाट घात-अन्तर्घात भएको आवाज उठेपछि छानबिन समिति गठन गरिएको हो। प्रतिवेदन बुझ्दै प्रचण्डले छलफल गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताए। ‘यो रिपोर्ट पदाधिकारीका बीचमा पनि छलफल गर्नेछौं। त्यस्तै पर्‍यो भने स्थायी समितिमा पनि छलफल गर्नेछौं,’ उनले भने, ‘त्यसलाई गम्भीररुपमा लिएर आवश्यक कारबाही पनि अघि बढाइने छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्