ललितपुर। ललितपुर र झापामा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। झापामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारा घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस्तै, ललितपुरमा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय ईन्द्र नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।



लोकपाटी न्यूज
