काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य ९५ हजार ५ सय, तेजावी सनुको मूल्य ९५ हजार र चाँदीको मूल्य एक हजार १७० रुपैयाँ प्रतितोला छ।
गत शुक्रबारको तुलनामा सुनको मूल्यमा कुनै घटबढ भएको छैन भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँ तोलामा कारोबार भएको थियो।



लोकपाटी न्यूज
