काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समितिको पदाधिकारी पूर्णता दिएसँगै आगामी संघ र प्रदेशको निर्वाचनतर्फ केन्द्रीत भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले २१ सदस्यीय पदाधिकारी रहने गरी केन्द्रीय पदाधिकारीको टुंगो लगाएसँगै प्रदेश बैठकको तालिका सार्वजनिक गरेको छ ।
साथै, बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचनको लागि घोषणापत्र मस्यौदा समिति गठन समेत गरेको छ । साथै, बैठकले चुनावमा परिणाम निकाल्ने गरी केन्द्र, प्रदेश हुँदै गाउँतह र जनतासम्म पार्टीलाई केन्द्रीत गर्ने निर्णय गरेको छ ।
यस्तो छ प्रदेश बैठक तालिका
१. भाद्र ७ गते मधेस प्रदेश
२. भाद्र ९ गते गण्डकी प्रदेश
३. भाद्र १० गते प्रदेश न. १
४. भाद्र ११ गते लुम्बिनी प्रदेश
५. भाद्र १२ गते वाग्मती प्रदेश
६. भाद्र १३ गते उपत्यका विशेष
७. भाद्र १५ गते सम्पर्क समन्वय
८. भाद्र १६ गते कर्णाली प्रदेश
९. भाद्र १७ गते सुदुरपश्चिम प्रदेश



लोकपाटी न्यूज

