काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँट गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज साँझ बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएको हो ।
बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएको र छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँटको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले अब कार्यदलले चाँडो भन्दा चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने गरी छलफललाई अघि बढाउने बताए । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ ।



लोकपाटी न्यूज

