सुनचाँदीको मूल्य घट्यो

Gold
लोकपाटी न्यूज

काठमाडौं। आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्