थप ५ सय ४२ जनामा कोरोना संक्रमण

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौैं। पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्