सामाजिक सुरक्षा कोषबाट पाउने सबै सेवा अब मोबाइल एपबाट पाइने

लोकपाटी न्यूज

काठमाडौं । योगदानकर्ताले सामाजिक सुरक्षा कोषबाट पाउने सबै सेवा अबदेखि मोबाइल एपबाटै लिन सक्ने भएका छन ।

आज बुधवार श्रम मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा एपको सुरुवात गरेका हुन् ।

सामाजिक सुरक्षा एपमार्फत कोषमा योगदानकर्ताले सापटी लिनदेखि गुनासो राख्नसमेत सक्ने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी जानकारी दिए । सामाजिक सुरक्षा एप चलाउनका लागि सामाजिक सुरक्षा कोषमा योगदान गर्ने आफ्नो आईडी नम्बर, कोषमा दर्ता हुँदा प्रयोग गरेको मोबाइल नम्बर र जन्म मिति चाहिन्छ । यति विवरण राखेर कोषको एपमा दर्ता भएपछि आफ्नो पासवर्ड राखी यो एप चलाउन सकिन्छ ।

यो एपमार्फत उपचार सहायतालगायत कोषमार्फत के–कस्ता सेवा सुविधा पाउन योग्य छु भनेर जानकारी लिन सकिन्छ । एपमा आफ्नो कन्ट्रिब्युशन रकम, जम्मा रकम र लिन सकिने सेवाको बारेमा पनि थाहा पाउन सकिन्छ । यही एपमार्फत सामाजिक सुरक्षा कोषबाट लिन पाइने सापटीका लागि पनि आवेदन दिन सकिन्छ । सामाजिक सुरक्षाको कोषमा योगदान अवधि ३६ महिना पुगेका श्रमिकले आज भदौ १ गतेदेखि सापटी लिन पाउने छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्