काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत शर्माले आफू गृह जिल्ला झापाबाटै निर्वाचन लड्ने जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘फेरि प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो! काठमाडौ-५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न।’



लोकपाटी न्यूज

