प्रहरीद्वारा अवैध गाँजा फडानी

लोकपाटी न्यूज

राजेन्द्र बिक

बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुराले गाँजा जमिनमा आफै उम्रेको गाँजाका बोटहरू फडानी गर्ने कार्यको सुरुवात गरेको छ। सोमबार बडीमालिका नगरपालिका वडा नम्बर-९ स्थित मार्तडी बजार छेउछाउको खाली जमिनमा रहेका गाँजाका बोटहरू फडानी गरिएको प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी कार्यालय बाजुराका वरिष्ठ नायव निरीक्षक कुल बहादुर साउदको कमाण्डमा खटिएको ४० जनाको प्रहरी टोलीले कारागार, गैरिटोल र दूरसञ्चार कार्यालय छेउछाउको करिब दुई रोपनी बराबरको खाली जमिनमा आफै उम्रेका गाँजाका बोटहरू फडानी गरिएको प्रहरी कार्यालय बाजुराका वरिष्ठ नायब निरीक्षक तथा फडानी टोलीका संयोजक कुलबहादुर साउँदले बताए।

अवैध मानिएको गाँजाको प्रयोगले युवाहरूलाई फसाउने डरका कारण गाँजा फडानी गरिएकाले यो कार्यलाई जिल्ला भरी नै निरन्तरता दिने साउँदको भनाइ छ। जिल्लाका ९ वटै स्थानीय पालिकाका खाली जमिनहरूमा गाँजाका बोटहरू प्रशस्त हुर्केका पाइने गरेका छन्। प्रहरी कार्यालयले सुरुवात गरेको गाँजा फडानी कार्य असाध्यै सकारात्मक रहेको स्थानीयको भनाइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्