यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका पाँच निर्णय

congress_meeting
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ। पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको हो।

आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ। दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय भएको छ।

निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि भने पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

यसअघि आगामी भदौ २ गतेदेखि गर्ने भनिएको निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।

298388527_1225779138198076_5440643678627988564_n_dztUtPrQly

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्