अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश

Capture pic
लोकपाटी न्यूज

काठमाडौं। अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन्। मन्त्री निवास पुल्चोकमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच नेपाली काँग्रेस प्रवेश गरेका हुन्।

उनलाई गृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए। पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्