काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीको नियुक्तिविरुद्ध रिट दिएका हुन्।
नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका छन्। विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुनेछ।



लोकपाटी न्यूज

