काठमाडौं। निर्वाचन तयारीका लागि नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचन तयारीका लागि आज सचिवालयको बैठक बोलाएको हो।
ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजे बस्ने बैठकमा निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ। बैठकबाट निर्वाचन तयारीसम्बन्धी प्रस्ताव र प्रारम्भिक रणनीति तय गरी स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी छ।
सचिवालयले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने उपमहासचिव विष्णु रिमालले बताए। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने उनको भनाइ छ।



लोकपाटी न्यूज

