मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने अनुमान पनि गरिएको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ। शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भूभागमा एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्