पाँच विशिष्टको तलब बढ्ने, कसको कति ?

5 bisista
लोकपाटी न्यूज

काठमाडौं। सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ। प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ।

प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्