नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि स्थगित

लोकपाटी न्यूज

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि स्थगित भएको छ ।

काउन्सिलले अस्थायी प्रमाणपत्र वितरण लगाएतका काम अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।

काउन्सिलले एक सूचना जारी गर्दै विशेष कारणले अस्थायी प्रमाण पत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरूलाई जारी गर्ने प्रमाणपत्रहरू नवीकरण, प्रतिलिपि भेरिफिकेशनसम्बन्धी सेवाहरू हाललाई उपलब्ध गराउन नसकिने जनाएको छ । तर काउन्सिलले सेवा स्थगित गर्नुको कारण भने खुलाएको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्