अध्ययन भन्छ : नेपालमा ५ प्रतिशत नागरिकले बिमा गर्न सक्दैनन्

Bima
लोकपाटी न्यूज

कठमाडौं। नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले देशभर जीवन बिमासम्बन्धि सर्भे गरेको छ। कम्पनीले गत चैत महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी ३१ जिल्लाको ४८ स्थानमा बिमासम्बन्धि गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको हो। सर्भेमा ४९२ जना बिमितलाई संलग्न गरिएको थियो जसमध्ये १९० महिला र ३०२ जना पुरुष रहेका थिए।

प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बिमितलाई सर्भेमा समावेश गरिएको कम्पनीले जनाएको छ। बिमा समितिले दिएको तथ्यांकमा बिमाको कभरेज १० वर्षभित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशतभन्दा माथि पुगेको छ। कभरेज बढेअनुसार फोर्सफुलमा बिमा गर्ने भन्दा स्वेच्छाले बिमा गर्नेहरूको संख्या बढ्दै गइरहेको देखिन्छ। यस सर्भेमा पनि जीवन बिमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गएको पुष्टि भएको छ।

सर्भेमा संलग्न व्यक्तिहरूलाई बिमा किन गर्नुपर्छ भन्ने प्रश्नमा ८९ प्रतिशतले महत्त्व बुझेर गरेको भन्ने उत्तर दिएका थिए भने कम्पनीको बारेमा सोध्दा ७५ प्रतिशतले कम्पनीको बारेमा थाहा भएको कुरा गरेका थिए। साथै बिमाको आवश्यकताको बारेमा भने ८५ प्रतिशतले अति आवश्यक भएको बताएका थिए।

सर्भेमा बिमांकलाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनुपर्ने, ५ प्रतिशतले गरिबको लागि सरकारले केही राहत दिनुपर्ने र १९ प्रतिशतले राम्रो प्रोडक्ट र गुणस्तरीय सेवामा जोड दिनुपर्ने जानकारी दिएका थिए। साथै बिमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिवृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्