काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्।
महासचिव पोखरेलले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखे। उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए। पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा गरे।
उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने धारणा राखे। उनले भने ‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ। कांग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ, गठबन्धन त स्वार्थका लागि मात्र बनेको हो।’ उनले निर्वाचनको मिति घोषणा भएकाले निर्वाचनबाटै जनताले छिनोफानो गर्ने दाबी गरे।



लोकपाटी न्यूज

