प्रचण्डलाई भेट्न पाएपछि खुसी भए जापानी विद्यार्थी

prachanda-japaness students
लोकपाटी न्यूज

काठमाडौं। जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानी विद्यार्थीलाई भेटेपछि जापनी विद्यार्थी खुसीका छन्।

अध्यक्ष प्रचण्डले आज बिहान हिरोसिमा क्षेत्रको अवलोकन गर्ने क्रममा प्रचण्डलाई भेटेपछि जापानी विद्यार्थी खुसीले उफ्रिएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए।

‘एक जापानी विद्यार्थीले भने, नेपालबारे अध्ययन गर्दै थिए। पूर्वप्रधानमन्त्रीलाई भेट्न पाउदा ज्यादै खुशी लाग्यो। उनले प्रचण्डको नाम वेव पेजमा खोजे र खुशीले उफ्रिए, आफ्नो साथी खोजेर फोटो लिन लगाए’ उनले फेसबुकमा लेखेका छन्।

प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम छ। नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड आइतबार राति जापान प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्