मौसम पूर्वानुमान : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज

काठमाडौं। आज बिहानैदेखि वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। देशका अरु ठाउँमा पनि लगातारजसो पानी परेको छ ।यस्तै,अहिले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ।

आज दिउँसो हिजोजस्तै एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ। तर लगातार झरी पर्ने सम्भावना भने छैन। आज राति मध्य र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्