थाइल्याण्डको एउटा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

death pic
लोकपाटी न्यूज

एजेन्सी । थाइल्याण्डको चोनबुरी प्रान्तस्थित एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । गएराती सट्टाहिप जिल्लाको ‘माउन्टेन बी नाइट स्पोट’मा भएको आगलागीमा परी ४१ जना घाइते भएका छन् ।

हालसम्म मृत्यु हुने सबै थाई नागरिक रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूले दुई घण्टाभन्दा बढी सङ्घर्ष गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीको वास्तविक कारण भने पत्ता नलागेको उद्धार फाउन्डेसनका अधिकारीहरूले बताएका छन् ।