काठमाडौं । सरकारले मङ्सिर ४ गते प्रदेश र सङ्घको निर्वाचन गर्ने घोषणा गरेको निर्णयलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्वागत गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अपेक्षित रहेको बताउँदै सरकारको निर्णयलाई स्वागत गर्नुभएको छ ।
नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरूसँग छलफल गर्ने क्रममा उहाँले आफूहरूको माग समयमा नै चुनाव गराउनु भएको भन्दै सरकारको चुनाव गर्ने मिति घोषणालाई एमालेले सकारात्मक रुपमा लिएको बताउनुभयो ।



लोकपाटी न्यूज

