विद्यार्थी र स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि विद्यालय बन्द

लोकपाटी न्यूज

जुम्ला । जुम्ला तिला गाउँपालिका ६ स्थित जनजागृति माबि घोडेमा विद्यार्थी र स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा अध्ययनरत धेरै जसो विद्यार्थी विरामी परेको र कोरोना जाँच गरेपछि सङ्क्रमण देखिएको थियो ।

वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार एक विद्यार्थी र एक स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो । उनीहरूलाई एन्टिजेन परिक्षण गरिएको थियो ।

विद्यालयले विज्ञप्ति निकालेर विद्यालय बन्द गरेको जनाएको छ । साउन १९ र २० गते विद्यालय बन्द गरिएको हो । कोरोना सङ्क्रमणबाट जोगिन, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्