सरकारको बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षलाइ प्रधानमन्त्रीको निर्देशन

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षलाइ निर्देशन दिनुभएको छ ।

आज सिंहदरबारमा मन्त्री र सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा सरकारका काम कारबाहीबारे समीक्षा समेत भएको छ । बैठकमा प्रधानमन्त्री देउवाले सरकारको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिएको र थप प्रभावकारी ढंगले जनताको अपेक्षा अनुसार कार्यसम्पादन गर्न निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्