पश्चिम चितवन मेडिकल हब बन्दैछ : मेयर दाहाल

Renu_Dahal
लोकपाटी न्यूज

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रुपमा विकास हुने क्रममा अघि बढेको बताएकी छन्। भरतपुर-२५ मा आयोजित एकीकृत स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा मेयर दाहालले पश्चिम चितवनमा ठूला-ठूला स्वास्थ्य पूर्वाधारहरू निर्माण हुनु लाग्नु गर्वको विषय रहेको उल्लेख गरे।

मेयर दाहालले पश्चिम चितवनवासी अबको केही समयपछि उपचारको लागि भरतपुर बजार जान पर्ने समस्या हटेर जाने उल्लेख गरिन्। ‘शिवनगरमा ३०० शय्याको शिक्षक अस्पताल बन्दै छ,’ उनले भनिन्, ‘त्यसकै छेउमा १०० शय्याको आयुर्वेद अस्पताल पनि बन्दै छ। वडा स्तरीय स्वास्थ्य कार्यालयहरू त छदै छन्। पश्चिम चितवन स्वास्थ्यको हबको रुपमा परिचित हुँदैछ।’

मेयर दाहालले पश्चिम चितवनमा २० औँ वर्षसम्म नभएका विकासको काम विगत ५ वर्षमा सम्पन्न भएको बताइन्। स्वास्थ्य सेवालाई शिविर लगायत विभिन्न काम गरेर जनताको आँगनसम्म पुराउने गरी महानगरपालिका अगाडि बढेको उनको भनाई थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्