काठमाडौं। काठमाडौंको सिनामंगलमा १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति ललितपुरस्थित जावलाखोलमा रहेको एक कलेजका शिक्षक रहेको प्रहरीले जनाएको छ। ती शिक्षकले छात्रालाई ट्युसन पढाउने गरेको र सो क्रममा बलात्कार गरेको प्रहरीले जनाएको छ।
पीडितले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरेर प्रहरी गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ।



लोकपाटी न्यूज