अमेरिकाको फ्लोरिडामा गोली चल्दा ७ जना घाइते

लोकपाटी न्यूज

न्युयोर्क। फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड भएको ओरलान्डो प्रहरी प्रमुख इरिक डी स्मिथले जनाएका छन्।

घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। आक्रमणकारी अझै फरार रहेका छन्। एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए। आक्रमणमा सात जना घाइते भएका सीएनएनले जनाएको छ।

आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन। गैरसरकारी संस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन्।