रुपेन्देहीको गैडहवा गाउँपालिकामा दुई सातादेखि तालाबन्दी

gadaiya
लोकपाटी न्यूज

रुपन्देही। जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ। जनप्रतिनिधिले नै विभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन्। सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्या देखिएको हो।

नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। गाउँपालिकामा भ्रष्टाचार भएको, विकास निर्माणको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्