काठमाडौं। भोलि बिहीबारदेखि काठमाडौंको फोहोर उठाइने भएको छ। काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने जानकारी दिएको हो।
महानगरपालिकाले आज बुधबार एक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने भन्दै पायक पर्ने ठाउँसम्म फोहोर र्पुयाउन आग्रह गरेको छ।
महानगरपालिकाले ल्याण्डफिल साइटसम्म पुग्ने सडक कालोपत्रे गर्ने काम सकिएकाले अब नियमिति रुपमा फोहोर पठाइने पनि जनाएको छ। यही साउन ४ गते महानगरपालिकाले सडक मर्मतका लागि भन्दै एक साता फोहोर संकलन नहुने जनाएको थियो। साउन १ गतेदेखि महानगरपालिकाले कुहिने र नकुहिने छुट्याएर फोहोर संकलन गर्न थालेको छ।




लोकपाटी न्यूज
