नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढ्यो : गगन थापा

gagan_thapa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरणबारे अविलम्ब सदनलाई जानकारी गराउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा थापाले नेपाल यसअघि सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्न सक्ने अवस्था रहेको बताए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको अवस्थामा मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्य प्रणाली कमजोर रहेको विज्ञहरूले औँल्याइरहेको बताए।

उनले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले केके काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गरे। थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गरे।

उनले भने, ‘मूल्यांकनका ४० सूचकांकमा नेपालको अवस्था के छ ? विज्ञहरूले आशंका गरेकोजस्तो कालोसूचीमा पर्न नदिन सरकारले के कस्तो तयारी गरिरहेको छ ? त्यो सदनलाई जानकारी गराउन माग गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्