राष्ट्रपतिद्वारा विभिन्न मुलुकका लागि राजदूत नियुक्त, कहाँ को ?

Bidhya_Devi_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शंकरप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्