नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं । नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्