अछाम। अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीका अनुसार स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो।
अमरका भाइ २५ वर्षीय वीरेन्द्र, छोरा १५ वर्षीय संविधान र बुहारी ४५ हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले जानकारी दिए।
उनका अनुसार ६२ वर्षीया नैना विष्ट घाइते भएकी छन्। पाँच बाख्रा पनि मरेका छन्। पहिरोबाट शव निकालिएको र पोस्टमार्टमका लागि पठाउन लागिएको अध्यक्ष बिसीले बताए। गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको थियो।



लोकपाटी न्यूज

