काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ थियो। आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँबाट घटेर ११ सय ४५ रुपयाँमा झरेको छ।



लोकपाटी न्यूज
