राजनीति राम्रो नभई मुलुक राम्रो बन्दैन : घनश्याम भुसाल

Ghanshyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने बताएका छन्। राजधानीमा आयोजित ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति संवाद’ कार्यक्रममा भुसालले मुलुकको राम्रो भविष्यका लागि असल पार्टी हुनुपर्ने बताए।

‘राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो। राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहिन्छ। विज्ञानको विकासको जरो नै त्यहीँ हो,’ उनले भने, ‘खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन। राम्रो पार्टी भनेको वैज्ञानिक चेतना र उन्नत चेतना भएको हुनुपर्छ।’

यद्यपि एमालेले पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाए पनि त्यसको व्याख्या गर्न नसकेको उनले स्वीकार गरे। ‘हामी समृद्ध नेपाल सुखी नेपाली भनेका छौं एमालेवाला। त्यो कसरी आउँछ ? कहिल्यै भन्दैनौं,’ भुसालले भने। यस्तै, नेपालका राजनीतिक दलले समाजवादका नाममा जनतामा भ्रम छरिरहेको पनि उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्