बजेट पारितपछि बागमती प्रदेशसभाको पहिलो बैठक आज

bagmati
लोकपाटी न्यूज

काठमाडौं। बजेट पारित भएपछि बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्ने भएको छ। गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु दसौँ अधिवेशनको २५औँ बैठक आज बस्ने भएको हो।

दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा मुख्यतः संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विधेयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्