थप १ सय ७७ जनामा कोरोना संक्रमण

corona_test
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। आज थप १ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार १ सय ६८ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै सोही अवधिमा ४१ जना सङ्क्रमण मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ८ सय ७३ रहेको छ।

कोरोना सङ्क्रमित दिनदिनै बढ्दै गए पनि मृत्यु सङ्ख्या भने शून्य नै रहेको छ। अहिलेसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्