काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ।आजदेखि जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो।
दुई दिनसम्म चल्ने सो बैठकका लागि केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौं आइपुगेका छन्। केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाँच सय रुपियाँ शुल्क तोकिएको छ।
केन्द्रीय सदस्य तथा परिषद्का सदस्यहरुले बास तथा खानाको व्यवस्था स्वयं गर्नुपर्ने हुन्छ। जसपा (बाबुराम पक्ष) का केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार बैठकको तयारी पूरा भएको छ।
बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्नेछन्। ती कार्यपत्रमा छलफल हुने बताइएको छ।
पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ । जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्नेछ।



लोकपाटी न्यूज

