दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता

फाइल तस्बिर
लोकपाटी न्यूज

दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–२ मालघाट स्थित तुइनबाट महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् ।

आज दिउँसो साढे ३ बजेतिर व्याँस गाउँपालिका–२ घर भएका १९ वर्षका सचिन बुढाथोकी भारतबाट आफ्नो घर व्याँस गाउँपालिकाको दुम्लिङ जाने क्रममा तुइन टुटेर महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सचिनले आफूसँगै धेरै तौल भएको सामान पनि तारिरहेको तथा तुइन टुटेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले बताएको छ ।

यसअघि सोही ठाउँबाट तुइन तर्नेक्रममा व्याँस गाउँपालिका मालका जयसिंह धामी पनि महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । जयसिंह धामी अझै बेपत्ता छन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्